बच्चन परिवारमा कोरोनाः ऐश्वर्या र जयाको रिपोर्ट आउन बाँकी

बलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा संक्रमण देखिएको हो । दुवैलाई संक्रमण देखिए लगत्तै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

संक्रमणको आशंकामा जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि परीक्षण भएको छ । उनीहरुको रिपोर्ट भने आएको छैन । जया र ऐश्वर्याको रिपोर्ट आइतबार आउने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले समाचार संस्था एएनआईलाई जानकारी दिएका छन् ।

जया र ऐश्वर्याको आकश्मिक रुपमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र सो नआउँदासम्म केही भन्न नसकिने उनले बताएका छन् ।

अमिताभले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए । उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन पनि आग्रह गरेका छन् । त्यसपछि उनका छोरा अभिषेक बच्चनले पनि आफूमा संक्रमण देखिएको बताएका थिए ।

७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्