कनकाई नदीले खतराको लेवल पार गर्यो, १२ परिवार विस्थापित

झापा – कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ।

शनिबार राति साढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो।

इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साँढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी लेबल पार गरेको हुन्छ र त्यो खतरा नजिक हुन्छ।

खतराको तह पार गर्न ४.३ एमएम पार गर्नुपर्छ। अहिले करिब ३ बजे नदीले उक्त लेवल पार गरेको हो।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जिल्लाका सबै रेडक्रसकर्मीहरूलाई उद्धारको काममा लाग्न निर्देशन दिएका छन्।

ढकालका अनुसार नदीको बहावले खतराको लेवल पार गरेपछि नदी आसपासका क्षेत्रका गाउँमा पानी पस्छ। उनले भने, ‘अहिले हामी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोली नदी आसपासका क्षेत्रमा जाँदैछौं।

झापाका १२ परिवार विस्थापित

कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका१० को सुकुम्बासी बस्ती कटान गर्दा  ९ घर विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ। बर्षा निरन्तर भइरहे करिब १५ घर कटानको जोखिममा पर्ने रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

झापाको गौरीगञ्चमा पनि ३ परिवार विस्थापित भएको रेडक्रस झापाले जनाएको छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्