बाँकेमा ८५ प्रतिशत रोपाइँ

नेपालगञ्ज – बाँकेमा गतवर्ष कठ्ठामा एक क्वीन्टल १५ किलो धान फल्यो । औसतमा हिसाव गर्दा जिल्लामा प्रतिकठ्ठा डेढ क्वीन्टल धान फल्थ्यो । विविध कारणले गर्दा गतवर्ष कम उत्पादन भयो ।

यो वर्ष समयमा पानी परेको छ । असार महिना नसकिँदै ८५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले समयमा रोपाइँ भएकाले यो वर्ष उत्पादन बढ्ने विश्वास गरे । उनका अनुसार, कोरोनाले गर्दा घरमा जनशक्ति भए । समयमा पानी पर्दा रोपाइँ भएको छ।

यो वर्ष सिक्टा सिँचाइ आयोजनाले परीक्षणका रुपमा छोडेको पानी किसानको खेतमा पुग्दा समयमा रोपाइँ गर्न मद्दत गरेको छ । बाँकेको भविष्यसँग जोडिएको सिक्टा सिँचाइँले यसअघिका वर्षहरुमा दुई पटक पानी छोड्दा नहर भत्केको थियो ।

बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुन्छ । प्रतिकठ्ठा डेढ क्वीन्टल धान उत्पादन हुनुलाई पनि कम मानिन्छ । समयमा पानी नपर्नु, जनशक्ति नहुनु, मल र बिउ समयमा नपाउनुजस्ता समस्याले गर्दा धान उत्पादन राम्रो भइरहेको छैन ।

अझ ठूलो समस्या त खेत जोत्नेको भन्दा जमिन्दारको बढी रहेको छ । जमिन्दारले रुख रोप्ने, घडेरीको रुपमा विकास गरेर बेच्ने गर्दा जिल्लामा खाद्यान्न उत्पादनमा कमी आइरहेको छ ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्