अनुपम खेरकी आमासहित परिवारका चारजनालाई कोरोना संक्रमण

बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

आफ्नी आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको अनुपम खेरले आइतबार ट्वीट गरेर जानकारी दिएका छन्।

उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि अनुपमले जानकारी दिएका छन्।

यसअघि बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो। अमिताभ र अभिषेकले पनि ट्वीट गरेर आफूहरु संक्रमित भएको बताएका थिए। उनीहरुको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्