प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसबाट संक्रमित बनेका बलिउड अभिनेता अभिताभ बच्चन र उनका छाेरा अभिनेता अभिषेक बच्चनको स्वास्थ्य लाभकाे कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गरेर उनीहरुकाे स्वास्थ्य लाभको कामना गरेका हुन्।

बच्चन परिवारका चार जनामा  काेरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। अभिताभ र अभिषेकका साथै ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएकाे छ।

शनिबार राती अभिनेता अमिताभ र अभिषेकले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका थिए। उनीहरुलाई मुम्बाईको नानावती अस्पतालमा भर्ना गरिएकाे छ।

बच्चन परिवारमा जया, उनकी छोरी स्वेता उनका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्