प्रदेश-१ मा थप ३ जना मात्रै कोरोना संक्रमण, संक्रमितको संख्या घट्दै

मोरङ-प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ संक्रमितको संख्या घट्दो अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरस्थित मन्त्रालयका अनुसार आइतबार प्रदेशमा २ महिला र १ पुरुष गरि कुल ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार मोरङ पथरीशनिश्चरे नगरपालिकामा दुईजना महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी, झापाको कचनकवल गाँउपालिकामा १ जना पुरुषको रिपोर्ट समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशमा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ सय १९ महिला र ६ सय ५ जना पुरुष रहेका छन्।

त्यसैगरि, प्रदेशमा २२ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानबाट १२ महिला र १० पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन्।

प्रतिष्ठानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्