नविल बैँकद्वारा ‘डिजि बैँक’ कार्यक्रमको घोषणा

नविल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह।

काठमाडौं-नविल बैँकले ‘डिजि बैँक’ नामक नयाँ कार्यक्रमको घोषणा गरेको छ।

बैँकले ३६ औँ वार्षिककोत्सवको अवसरमा आईतबार भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डीजी बैँक सार्वजनिक गरेको हो।

बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले ग्राहक सर्वसाधारणका लागि सहज हुने गरी डीजी बैँकको स्थापना गरिएको घोषणा गरे।

बैँकले नविल डिजि बैँक ग्राहकले आफुले चाहेको समय,ठाउँ र सुविधा अनुसार बैँकिङ सेवा उपभोग गर्न पाउने गरि बैँकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ।

शाहका अनुसार बैँकका नायब महाप्रवन्धक विनय कुमार रेग्मीको नेतृत्वमा नबिल डीजी बैँक स्थापना गरिएको हो।

यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने उनले दावी गरे।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू