आइतबार ९७९ नेपाली आए, १०३ जना विदेशिए

काठमाडौं-त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ।

यस्तै नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन्।

आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन्।

आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्