अमिताभ बच्चनका लागि मुस्कान खातुनकाे कामना–‘अल्लाहसँग प्रार्थना गर्छु, तपाईँलाई छिटो निको होस्’

काठमाडौँ – एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनले कोराना भाइरस संक्रमित भारतीय अभिनेता अमिताभ बच्चनलाई चाँडै निको होस् भन्ने कामना गरेकी छन्।

समाजिक अभियन्ता उज्जल विक्रम थापाको ट्वीटर ह्याण्डलबाट उनले छोटो भिडियो सन्देशमा अमिताभको स्वास्थ्य लाभको लागि आफूले अल्लाहसँग दुआ मागेकाे बताएकी छन्।

उनले भिडियोमा आफूलाई एसिड आक्रमण हुँदा अमिताभ बच्च्नले पठाएको भिडियो सन्देशले अति नै हौसला मिलेको पनि जानकारी गराएकी छिन्।


याे भिडियोमा खातुनले हिन्दी भाषामा बाेलेकी छन्। विराटनगरकी मुस्कानलाई माथि एसिड आक्रमण भएर अस्पताल उपचारकाे क्रममा अस्पताल भर्ना हुँदा बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनले स्वास्थ्य लाभकाे कामना गरेका थिए।

यस्तै शनिबार कोभिड १९ संक्रमण पुष्टि भएका भारतीय अभिनेता अमिताभ बच्चनले आफू आफ्नो परिवारका सबै सदस्य ति माया देखाउने सबैलाई धेरै माया भन्दै ट्वीटर मार्फत धन्यवाद ज्ञापन गरेका छन्। उनले लेखेका छन्, ‘अभिषेक, ऐश्वर्या, आराध्या र मेरो लागि जजसले ख्याल राख्नुभएको छ, प्रार्थना गर्नुभएको छ, उहाँहरुप्रति हृदयपूर्वक आभार प्रकट गर्दछु।’

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्