एमसीसीबारे हाम्रो आधिकारिक धारणा सार्वजनिक भएको छैनः जसपा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनबारे पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको जनाएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एमसीसीबारे जसपाको आधिकारिक धारणा सार्वजनिक भनी प्रकाशित समाचारहरु गलत रहेको पार्टीले जनाएको छ ।

पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा जसपाको आधिकारिक नरहेको अध्यक्ष उपेन्द्र यादव र महन्त ठाकुरले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

एमसीसीबारे नीति र धारणा निमार्णका लागि पार्टीभित्र बहस र छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीलाई बदनाम गराउने गरी भइरहेका भ्रामक प्रचारबारे दुई अध्यक्षले विज्ञप्तिमार्फत खेद व्यक्त गरेका छन् ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्