हलिउड अभिनेत्री केली प्रेस्टनको निधन

हलिउड अभिनेत्री केली प्रेस्टनको निधन भएको छ । ५७ वर्षकी केलीको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका हुन् ।

ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको दुई वर्षको युद्धमा पराजित भएकी छन् । उनले क्यान्सरसँग निकै बहादुर भएर लडिन् सबैको माया र साथले ।’ प्रेस्टनको आइतबार बिहान निधन भएको परिवारका प्रतिनिधिले पिपुल म्यागजिनलाई बताएका छन् ।

प्रेस्टन र ट्राभोल्ट विगत २९ वर्षदेखि वैवाहिक सम्बन्धमा थिए । प्रेस्टनले ट्वीन्स, फ्रम डस्क टिल डन, जेरी मागुइरी, द क्याट इन ट ह्याट सहितका चलचित्रमा काम गरेकी छन् ।

उनले श्रीमान ट्राभोल्टसँग ब्याटलफिल्ड अर्थ तथा गोट्टीमा काम गरेकी थिइन् ।

ट्राभोल्टले श्रीमती प्रेस्टनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । प्रेस्टन र ट्राभोल्टका छोरा जेट्ट ट्राभोल्टको १६ वर्षको उमेरमा सन् २००९ मा बहमासमा पारिवारिक भ्रमणका बेला निधन भएको थियो । उनीहरुका एला ब्लेउ र बेन्जामिन नाम गरेका अरु दुई सन्तान छन् ।

 

View this post on Instagram

 

It is with a very heavy heart that I inform you that my beautiful wife Kelly has lost her two-year battle with breast cancer. She fought a courageous fight with the love and support of so many. My family and I will forever be grateful to her doctors and nurses at MD Anderson Cancer Center, all the medical centers that have helped, as well as her many friends and loved ones who have been by her side. Kelly’s love and life will always be remembered. I will be taking some time to be there for my children who have lost their mother, so forgive me in advance if you don’t hear from us for a while. But please know that I will feel your outpouring of love in the weeks and months ahead as we heal. All my love, JT

A post shared by John Travolta (@johntravolta) on

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्