विश्‍वभर कोरोना संक्रमितको संख्‍या एक करोड ३० लाख पुग्‍यो

काठमाडौं-विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ४९ हजार १०६ भन्दा बढी छ भने पाँच लाख ७१ हजार ८०७ भन्दा धेरैको ज्यान गएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३४ लाख १३ हजार ९९५ भन्दा धेरै पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३७ हजार ७८२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ६६ हजार १७६ भन्दा बढी संक्रमित भएकोमा ७२ हजार १५१ भन्दा धेरैको ज्यान गएको छ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ८ लाख ७९ हजार ४८७ भन्दा बढीमा संक्रमण भएकोमा २३ हजार १९४ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ७ लाख ३३ हजार ६९९ भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ४३९ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा ३ लाख ९८८ संक्रमित भएकोमा २८ हजार ४०३ भन्दा बढीको मृत्यु भइसकेको छ।बेलायतमा २ लाख ८९ हजार ६०३ संक्रमित भएकोमा ४४ हजार ८१९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ३ लाख २६ हजार ३२६ जना छ भने ११ हजार ८७० जनाको मृत्यु भईसकेको छ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्