कोरोना भाइरसबाट दक्षिण एसियाली राष्ट्रहरुमध्‍ये भारत सबैभन्दा बढी प्रभावित

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन्।

दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७९ हजार ४८७ भन्दा बढी छ भने २३ हजार १९४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन।

यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६२५ पुगेको छ भने ५ हजार २६६ जनाले ज्यान गुमाएका छन्।

बंगलादेशको अहिलेसम्म १ लाख ८३ हजार ७९५ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने २ हजार ३५२ जनाको मृत्यु भएको छ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३४ हजार ४५५ पुगको छ भने १ हजार १२ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ।

नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण १६ हजार ८०१ जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म ३८ जनाको संक्रमणका कारण निधन भएको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म २ हजार ७ सय ३१ जनामा कोरोना देखिँदा १३ जनाको मृत्यु भएको छ।

श्रीलंकामा २ हजार ६सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्