धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबारको विकास तथा प्रविधि समितिद्वारा अनुगमन

काठमाडौं-संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो।

अहिले कोरोना संक्रमणको जोखिमकैबचि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताए ।

स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणे गति लिएको उनले बताए।

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताए। धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्‍न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ। प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुर्ननिर्माणको काम रोकिएको थियो। सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू