तरुण दलले सृजनात्मक कार्यक्रम गरी वीपी स्मृति दिवस मनाउने

काठमाडौं- नेपाल तरुण दलले वी.पी. कोइरालाको ३८औँ स्मृति दिवस सृजनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

सोमबार तरुण दल केन्द्रीय समितिले साउन ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी वीपी स्मृति दिवस मनाउने निर्णय गरेको अध्‍यक्ष जीतजङ बस्नेतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

अध्‍यक्ष बस्‍नेतले वी.पी. स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गरी साप्ताहिक रुपमा मनाउन समेत जिल्लाभरका शाखाहरुलाई परिपत्र मार्फत निर्देशन दिएका छन्।

यसका साथै उनले देशभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्न/गराउन र यस सम्बन्धि सचेतना फैलाउन समेत आग्रह गरेका छन्।

बाढी पहिरो प्रभावित जिल्लाका नेता कार्यकर्ताहरुलाई बाढी पहिरो पिडित जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा स्थानीय प्रशासन एवं निकायहरुसंग समन्वय गरी कृयाशील रहन समेत उनले निर्देशन दिएका छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू