१४४ संक्रमित थपिए, १७०५ डिस्चार्ज

काठमाडाैँ- नेपालमा गत चौबिस घण्टामा १४४जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको डा. गौतमले बताए ।

हाल संक्रमित रहेकाहरुको संख्या ६ हजार ६१३ रहेको उनले बताए ।

गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू