काठमाडौँ उपत्यकामा थपिए ९ जना संक्रमित

काठमाडौँ– काठमाडौँ उपत्यकामा सोमबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रि.वि. शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा गत चौबिस घण्टामा १४४जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको डा. गौतमले बताए

हाल संक्रमित रहेकाहरुको संख्या ६ हजार ६१३ रहेको उनले बताए ।

गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्