कोरोना अपडेट: संक्रमित १६ हजार ९४५, निधन ३८, संक्रमणमुक्त १०२९४

काठमाडौं-नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसका कारण प्रदेश २ मा ४, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा ५ जनाको मृत्यु भएको छ। प्रदेश १ मा भने हालसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

यस्तै हाल प्रदेश १ मा २ हजार ५३७, प्रदेश २ मा ३ हजार २५, बागमती प्रदेशमा १ हजार ९४१, गण्डकी प्रदेशमा ३ हजार ७६९, प्रदेश ५ मा ४ हजार ९२३, कर्णाली प्रदेशमा १ हजार ७५८ र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५१७ जना क्वारेन्टिनमा रहेका छन्।

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन्।

यस्तै आज प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्