चार जिल्लामा बढ्‍दै

नेपालका पाँच जिल्ला कोरोना संक्रमण मुक्त !

काठमाडौं-नेपालमा सोमबार पाँच जिल्ला कोरोनामुक्त भएका छन्।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले पाँच जिल्ला कोरोना मुक्त भएको बताए। उनले भने, ‘नेपालमा पाँच जिल्ला कोरोना मुक्त भएका छन् भने केही जिल्लामा भने कोरोना बढ्‍दै गएका छन्।’

उनका अनुसार धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र मनाङमा अब कोरोना संक्रमित छैनन् भने महोत्तरी, रौटहट, कैलाली र बाजुरामा भने कोरोना भाइरसका संक्रमित ५०० नाघेका छन्।

यस्तै सोमबार मात्रै थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

हालसम्म कोरोना भाइरसका कारण प्रदेश २ मा ४, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा ५ जनाको मृत्यु भएको छ। प्रदेश १ मा भने हालसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

यस्तै आज प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

यस्तै प्रदेश १ मा २ हजार ५३७, प्रदेश २ मा ३ हजार २५, बागमती प्रदेशमा १ हजार ९४१, गण्डकी प्रदेशमा ३ हजार ७६९, प्रदेश ५ मा ४ हजार ९२३, कर्णाली प्रदेशमा १ हजार ७५८ र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५१७ जना क्वारेन्टिनमा रहेका छन्।

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू