हामीले कोरोना भाइरसको बारेमा सोच्नु पनि हुँदैन

हामीले कोरोना भाइरसको बारेमा सोच्नु पनि हुँदैन

डा. बिपी तिमिल्सिना

अबको मेरो सिद्धान्त भनेको अस्पतालरहित समाज बनाउने हो। जताततै बिरामीको चाप मात्रै छ। यो चाप महत्वपूर्ण होइन। नागरिकहरु धेरै रोगी भए भने त्यो देश बन्दैन। उदाहरणका लागि केन्या, अफ्रिकालाई हेरौँ, केन्या किन विकसित हुन सकेको छैन त? किन भने त्यहाँका नागरिक धेरै रोगी छन्। अनि केन्याजस्तै अफ्रिकनहरु पनि धेरै रोगी छन्। नागरिक रोगी भएपछि विचारशील सिर्जनाहरु हुन सक्दैनन्। रोगीले देश विकास गर्न सक्दैन। रोगीले देश निर्माणको परिकल्पना गर्न सक्दैन। रोगीले समाज निर्माण गर्न सक्दैन। तर व्यक्ति रोगी हुने भनेकै भान्छाबाट हो। बिहान पकाएको खानेकुरालाई साँझ खानु हुँदैन।

हरेक समाजको सिद्धान्त हुन्छ। पूर्वीय दर्शनको महत्वर्पूण श्रृंखला भनेको आयुर्वेद हो। आयुर्वेद भनेको सनातन हो। सनातन भनेको हाम्रो प्रचलनभित्र पर्छ। जस्तो सुत्केरीलाई ज्वानो खुवाउनु पर्छ भनेर कुनै कितावमा लेखिएको छैन तर त्यो हाम्रो सनातनभित्र पर्छ।

यस्तै कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा मानिसहरु डराइरहेका छन्। यो अवस्थामा हेटौँडामा डा. ललितकुमार दासले पनि कोरोनाको औषधि बनाउनु भएको थियो। नेपालमा डा. दासले बनाएको औषधी धेरै फाइदा जनक छ। तर विश्व स्वास्थ्य संगठनसँग आधारित भएर गरेपछि त्यसले कति भूमिका गर्ला, त्यो भने हेर्न बाँकी छ।

भारतमा रामदेवहरुले औषधी बनाएर विभिन्न ठाउँमा बाँडेको भन्ने पनि सुनिरहेका थियौँ। तर उहाँहरुले बनाउनु भएको औषधी आयूर्वेदिकभन्दा पनि उहाँहरुको सिद्धान्तमा आधारित होला। कुनै पनि औषधीको भरमा नागरिकलाई कुदाउनु हुँदैन। आयुर्वेदको क्षेत्र जसले ओगट्नु भएको छ, मलाई लाग्दैन उहाँहरुको भरपूर अध्ययन छ।

अब कोही पनि कुनै भ्याक्सिनको पखाईमा बस्नु पर्दैन। कोरोना भाइरसको बारेमा सोच्नु पनि हुँदैन। कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्छ भन्ने नक्कली समाचारलाई हटाउनु पर्छ।

अस्पताल र औषधीमा आधारित समाज बनाउनु हुँदैन। समाज एउटा सिद्धान्तमा चलाउनु पर्छ। जुन हो, निरोगी कसरी बनाउने? निरोगी बच्चा कसरी बनाउने? निरोगी वयस्क कसरी बनाउने? निरोगी युवा कसरी बनाउने? यस्तै सिद्धान्तमा आधारित सामाज हो यो। अहिले अस्पतालहरु बने। औषधीहरु बने। ठूला ठूला डाक्टरहरु बने। यो सिद्धान्तमा आधारित समाज होइन यो। किनभने अहिले हामी अत्यन्त खतरनाक युगमा प्रवेश गरेका छौँ, सिर्फ आफ्नो ८ घण्टा बचाउनका लागि मात्रै।

अहिले पेटका रोगी मात्रै प्रति वर्ष १२ लाखको मृत्यु भइरहेको छ। अति धेरै विज्ञान प्रविधिको सिद्धान्तमा आधारित समाजमा यति धेरै मानिसहरुले किन मृत्युवरण गर्नु परेको छ?

अल्जाइमर र अन्य असन्तुलनबाट मात्रै प्रति वर्ष ८ लाख मानिसले ज्यान गुमाइरहेका छन्। यस्तो किन भइरहेको छ? त्यसकारण कुनै पनि आयुर्वेद औषधी बन्यो होला भन्ने कुरामा विश्वास गर्नु हुँदैन। हाम्रो वरिपरि भएका वनस्पति सामान्य तरिकाले उमालेर खाँदा पनि हामी धेरै रोगको सामना गर्न सक्छौँ।

कोही पनि व्यक्ति भ्रममा बस्नु हुदैन। लेखेको सबै कुरा सही पनि हुँदैन। नयाँ अनुसन्धान भन्दा पनि परापूर्वकालदेखि गरिँदै आएका अनुसन्धानमा केन्द्रित हुन जरुरी छ।

अब कोही पनि कुनै भ्याक्सिनको पखाईमा बस्नु पर्दैन। कोरोना भाइरसको बारेमा सोच्नु पनि हुँदैन। कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्छ भन्ने नक्कली समाचारलाई हटाउनु पर्छ। यसका लागि सरकारले ठोस कदम चाल्न जरुरी छ।

सम्भव भएसम्म नेपाल विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिएर कुटीबाट उपचार सुरु गर्न सक्यो भने पृथ्वीभरका मानिस नेपाल आएर उपचार गर्ने छन्।

(आयुर्वेद चिकित्सक डा. बिपी तिमिल्सिनाले प्रतिभा चन्दसँग गरेको कुराकानीमा आधारित)

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्