उद्योग अधिकृत घुससहित पक्राउ

साङ्केतिक तस्बिर

नेपालगञ्‍ज-घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन्।

अख्तियार कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले लाइसेन्स बनाइदिने भन्दै ९६ हजार रुपैया घुस लिदै गर्दा ओली पक्राउ परेको बताए।

आर्थिक वर्षको अन्तिम चलिरहेकाले अनियमिताको मात्रा बढ्नसक्ने तर्फ अख्तियार चनाखो भएको छ।

ओलीलाई पक्राउ गरेको बारेमा केहीबेरमा अख्तियारले आधिकारिक रुपमा बाहिर ल्याउने जनाएको छ।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्