एक वर्षमा ३६८ वटा चोरीका मोटरसाइकल भेटिए

काठमाडौं-  महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर, कुमारीपाटी र गोकर्णेश्‍वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी मंगलबार सम्बन्धित धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक-एसएसपी भिम प्रसाद ढकालले जिम्मा लगाए।

मोटरसाइकल धनीलाई हस्तान्तरण गरेपछि ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न सुझाव दिए।

​महाशाखाले चालु आर्थिक वर्ष  ०७६/०७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको र ३७ जनालाई चोरी आरोपमा पक्राउ गरी कारबाही गरिएको जनाएको छ।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्