पोलिमर नोट छफाइ मुद्दामा तिलक रावललाई सफाइ

काठमाडौँ – विशेष अदालत काठमाडौँले पूर्व गभर्नर तीलक रावलसहित तीनजनालाई पोलिमार नोट छपाइमा अनियमितता नभएको भन्दै सफाइ दिएको छ।

विशेष अदालतले मंगलबार दश रुपैयाँको पालिमार नोट छाप्दा भ्रष्टाचार गरेको अभियोगमा अख्यिारले दायर गरेको मुद्दामा अन्तिम सुनुवाई गर्दै सफाइ दिएको हो।

आयोगले विशेष अदालतमा २०७५ पुस ५ गते अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा रावलले ९१ लाख भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो।

रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख र प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्धले पनि भ्रष्टाचार नगरेको ठहर गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

आयोगले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार आठ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

अनुसन्धानका क्रममा अष्ट्रेलियासँग पहिल्यै बोलपत्र मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता गैरकानुनी काम गरेर आर्थिक लेनदेन गरेको आयोगको दाबी थियो।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्