गाईको बाछी काटेको आरोपमा तीनजना पक्राउ

दाङ-ईलाका प्रहरी कार्यालय गढवाले गाईको बाछी काटेको आरोपमा तीनजना पक्राउ परेका छन्।

छ दिनअघि गढवा गाउँपालिका वडा नं. ५ रामपुरमा गाइको बाछीकाटेर मासु खाएको घटना सार्वजनिक भएपछी प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

घटनामा संलग्‍न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए।

प्रहरी र स्थानीयको टोलीले गाइको बाछीकाटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ। उत्खनन् गरेर खुट्टा, छाला, पुच्छर खाडलमा फेला पारिएको हो।

स्थानीय एक जनाको बाछीगोठबाटै हराएको थियो।त्यही बाछी काटेर मासु खाएको हुन सक्ने आशंका गरिएको छ।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्