सुन तस्करी एवं सनम हत्याप्रकरणका अभियुक्त खड्कालाई थुनामा राख्‍न अदालतको आदेश

मोरङ- मोरङ जिल्ला अदालतले सनम शाक्य हत्या र बेपत्ता अवस्थामा रहेको करिब ३८ किलो सुन प्रकरणका अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्‍न आदेश दिएको छ।

जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले हाल प्राप्त प्रमाणका आधारमा ४२ वर्षीय अभियुक्त खड्कालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।

सोमबार पहिलोपटक अदालतमा उनलाई पेश गरिएपनि कोरोनाभाइरसका कारण पीसीआर परिक्षण रिपोर्टपछि प्रहरीलाई अदालतले आदेश दिएपछि खड्कालाई मंगलबार नेगेटिभ रिपोर्टसहित पेश गरिएको थियो।

मंगलबार अदालतमा बयान लिने कार्य सकेर थुनछेक बहस भएको श्रेष्तेदार ओझाले जानकारी दिए। बहसका क्रममा बादी र प्रतिवादी दुवैपक्षका कानुन ब्यवसायीको बहस सकिएपछि अभियुक्त खड्कालाई पूर्पक्षका लागि थुनामा राख्‍न आदेश भएको हो।

मोरङ उर्लाबारीका चूडामणि उप्रेती समूहले दुवइबाट २०७४ साल माघमा ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा बेपत्ता बनाइएको थियो।

सोही तस्करीमा खड्काको संलग्नता जनाउदै नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। यस क्रममा खड्कालाई शनिबार काठमाडौँ आउने क्रममा प्रहरीले पक्राउ गरेको हो।

तस्करीको सुन गायब भएपछि उप्रेति समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ साल फागुन १९ गते भरिया मानिएका सनम शाक्यको हत्या गरेपछि घटना सार्वजनिक भएको थियो।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्