खरिपाटी क्वारेन्टिनको व्यवस्थापनमा त्रुटि छैनः नेपाली सेना

काठमाडौँ– खरिपाटी क्वारेन्टिन व्यवस्थापनमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सम्बन्धमा अध्ययन नगरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन समाचारहरुप्रति नेपाली सेनाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

खरिपाटी क्वारेन्टिन व्यवस्थापन कार्यमा नेपाली सेना दत्तचित्त भएर लागेको नेपाली सेनाले दावी गरेको छ।

विदेशबाट आउने नेपाली नागरीकलाई प्रदेश अनुसार ग्रुप छुट्याई ३० जना सम्भावित संक्रमितलाई छुट्टै राख्ने कार्य भएको नेपाली सेनाले जनाएको छ।

साथै सेनाले क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई खानाको व्यवस्था गर्ने जिम्मेवारी नेपाली सेनाको नभएतापनि मानव कल्याण आश्रमबाट प्राप्त हुने गरेको खाद्य सामग्रीहरुबाट खाना बनाउने कार्यमा नेपाली सेनाले सहयोगी भूमिका निर्वाहा गरिरहेको जनाएको छ।

क्वारेन्टिनमा बसेकाहरु लागि आवश्यक पर्ने सामग्रीहरुको व्यवस्था गरिरहेको सेनाको भनाई छ।

क्वारेन्टिनमा स्वास्थ्य सामग्रीसहित स्वास्थ्य मन्त्रालयबाट खटाईएका डाक्टर अधिकृतसहित २ जना मेडिकल स्टाफ क्वारेन्टिन भित्रकै डाक्टर व्लकमा रहि दैनिक स्वास्थ्य सेवा दिइरहेको र २४ सै घण्टा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको सेनाको जनाएको छ।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्