हङकङले पाउँदै आएको विशिष्ट दर्ता अन्त्य गर्ने प्रस्तावमा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङसँगको सम्बन्धमा स्थापित गर्दै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्नका लागि नयाँ सुरक्षा कानून ल्याएको तथा अरु पनि कडा व्यवहार गरेकाले अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध अन्त्य गर्ने भएको हो ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुनेछ । विशेष सम्बन्धको दर्ता अन्त्य भयो ।’

यस्तै हङकङको अधिकार सीमित गरेकोमा चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि आफूले हस्ताक्षर गरेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले भने, ‘अब कुनै विशेषाधिकार हुने छैन, कुनै विशेष आर्थिक व्यहार रहने छैन र संवेदनशील प्रविधिको निर्यात पनि हुने छैन ।’

हङकङ चीनको हिस्सा भएर पनि स्वायत्त छ । तर पछिल्लो समय चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गरेको अभियोग लाग्दै आएको छ ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्