पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

वीरगञ्ज – साथीहरुसँग स्थानीय नदीमा पौडी खेल्ने क्रममा बेपत्त भएका वीरगञ्ज–१९ का बालकको शव बुधबार बिहान घेटिएको छ । वीरगञ्ज महानगरपालिका–१९ बिन्दबासिनी टोलका मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवारको शव भेटिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो साथीहरु सँगै स्थानीय तिलावे नदीमा पौडी खेल्न गएका सुमित बेपता भएका थिए । उनको शव बुधबार बिहान १० बजे सोही नदीमा भेटिएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

सुमित बेपता भए पनि अरु तीनजना बालकहरु सकुशल फर्केका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले सुमितको खोजी गरेको हो । सुमितको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइने प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्