उर्जा बचत गर्ने कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान रकम

काठमाडौँ-उर्जा बचत कार्य गरे बापत राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान कम हस्तान्तरण गरेको छ।

बैंकले अनुदान सहयोग कार्यक्रम अन्तर्गत अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैंया, गोइन्का स्टील प्रा.लि. लाई पांच लाख ६० हजार चार सय रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान–प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे।उनले अन्य बैंकको तुलनामा रा.वा.बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आग्रह गरे।

नेपाल सरकार र जर्मन सरकारबिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम बैंकले ‘इनर्जी इफीसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनका लागि ‘प्रोजेक्ट एक्जुकिटिङ एजेन्सी’ को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । उक्त आयोजना अन्तर्गत नेपालमा संचालित

ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ।

यसआयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू