चौधौँ महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सभापति देउवाले चलखेल थालेको पौडेल पक्षको आरोप

फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले आगामी फागुन ७ गतेबाट हुने पार्टीको चौधौँ महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवाले चलखेल सुरु गरेको निष्कर्ष निकालेको छ।

बुधबार पौडेल पक्षले एक भेलाको आयोजना गरी सभापति देउवा पक्षले जथाभावी क्रियाशिल सदस्यता बाँडेको र आफ्नो पक्षका कार्यकर्ताहरुलाई कारबाही थालेको आरोप लगाएको हाे।

भेलाले यस सम्बन्धमा सभापति देउवालाई विरोध पत्र बुझाउने निर्णय गरेको भेलामा सहभागि एक नेताले जानकारी दिए।

भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह, रामशरण महत, दिलेन्द्र बडु लगायतका नेताहरु सहभागि थिए।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्