लिभरपुलको कीर्तिमानी अंक बनाउने सपनामा आर्सनल बाधक

इंग्लिस प्रिमियर लिग फुटबलको एकै सिजनमा सर्वाधिक अंक बनाउने कीर्तिमान कायम गर्ने लिभरपुलको सपना पूरा नहुने भएको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित भयो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले लिभरपुललाई २–१ पराजित गरेको हो ।

लिभरपुलले सुरुवाति अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । २० औँ साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो ।

तर त्यसलाई जोगाउन सकेन । ३२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले आर्सनलका लागि बराबरी गोल गरे । ४४ औँ मिनेटमा नेलसनले गोल गरेर आर्सनललाई २–१ को जित दिलाए ।

हारपछि च्याम्पियन लिभरपुलको ३६ खेलबाट ९३ अंक छ । जित निकालेको आर्सनल ३६ खेलबाट ५३ अंकसहित नवौँ स्थानमा छ ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्