देशभरको मौसम कस्तो रहन्छ, भारी वर्षाको सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर हाल मनसुनी वायु को प्रभाव रहेको छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसमले बताएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएको छन् ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्