ट्रम्पको चुनावी अभियानका व्यवस्थापक फेरिए

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने प्रयासमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका व्यवस्थापक परिवर्तन गरेका छन् ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको प्रतिस्पर्धामा पछि देखिएको ट्रम्पले चुनाव अभियानका व्यवस्थापक ब्राड पार्स्केललाई हटाएका हुन् ।

उनको ठाउँमा बिल स्टेपिएनलाई व्यवस्थापकको जिम्मेवारी दिएका छन् । उनी सन् २०१६ को चुनावी अभियानका फिल्ड निर्देशक हुन् ।

गएको जुनमा ओक्लोहोमामा भएको ट्रम्पको चुनावी ¥यालीमा निकै कम व्यक्ति सहभागी भएपछि त्यसको जिम्मेवार पार्स्केललाई ठानिएको छ ।

तर उनी चुनावी अभियानका शीर्ष सल्लाहकार भने रहने छन् । विशेषरी ट्रम्पकी छोरी इभान्का ट्रम्प र ज्वाईँ जेरार्ड कुसनले पार्स्केललाई हटाउन सुझाव दिइएको बताइएको छ ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्