सुदूरपश्चिममा ५१ जना कोरोना संक्रमित मात्र अस्पतालमा

धनगढी – सुदूरपश्चिम प्रदेशमा हाल ५१ जना कोरोना संक्रमित मात्र अस्पतालको आइसोलेशनमा रहेका छन् । बुधबारसम्म देखिएका तीन हजार ८ सय २२ जना संक्रमित मध्ये ५१ जना प्रदेशका बिभिन्न अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी महाकाली अस्पतालको आइसोलेशनमा १८ जना संक्रमित रहेका छन् । यसैगरी कैलालीको टीकापुर अस्पतालमा १६ जना, सेती प्रादेशीक अस्पतालमा दुईजना, अछाम जिल्ला अस्पतालमा १० जना, डोटी अस्पतालमा दुईजना र मालाखेती अस्पतालमा तीनजना कोरोना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीका अनुसार बुधबारसम्म सुदूरपश्चिममा १६ सय १० जना संक्रमित डिष्चार्ज भएका छन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा एक हजार १४ संक्रमित रहेका छन् भने सबैभन्दा कम दार्चुलामा २० जना मात्र रहेका छन् ।

उनका अनुसार बुधबार मात्रै कैलालीका ११ र अछामका तीन गरी १४ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ८६, अछामका तीन सय १७, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको महाशाखा प्रमुख कार्कीले बताए ।

यसैगरी डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुईजना संक्रमितलाई डिस्चार्ज भएका छन् । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । ती मध्ये कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या तीन हजार नौ सय ७८ पुगेको भएपनि सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र रहेकाको मात्र तथ्यांक राखेकाले केही संख्या कम देखिएको मन्त्रालयका महाशाखा प्रमुख कार्कीले बताए ।

उनका अनुसार प्रदेशमा बुधबार सम्म ८ सय ८६ महिला र २९ सय ३६ पुरुष गरी ३ हजार ८ सय २२ जना संंक्रमित रहेका छन् । जसमध्य ८ जनाको मृत्यु भइसकेको छ ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू