ब्रेक फेल हुँदा गाडी दुर्घटना, एकजनाको मृत्यु

दाङ – दाङमा ब्रेक फेल भइ बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अरु चारजना घाइते भएका छन्।

तुलसीपुर–१५ बाट कृष्णनगर जाँदै गरेको रा १ च ९६० बोलेरो गाडी घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१५ डुरुवा गाउँका २१ वर्षे पदम ओलीको मृत्यु भएको हो । घाइते ओलीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामामा परेर सोही ठाउँका ३८ वर्षीय भिमबहादुर ओली, २६ वर्षीय देवराज ओली, १८ वर्षीय विशाल ओली, २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते मध्ये देवराज ओलीलाइ कोहलपुर थप उपचारको लागि पठाइएको छ ।

चौपट्टाको ओरालोमा ब्रेक फेल भएर गाडी भित्तामा ठोक्किन पुगेको घाइतेले बताएका छन्।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्