लकडाउन भर सिजी ल्यान्डमार्कका व्यवसायीलाई चार महिना भाडा छुट

काठमाडौं-चौधरी ग्रुपले सपिङमल सिजी ल्यान्डमार्कका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ।

बुधबार चौधरी ग्रुपले विज्ञप्ती जारी गर्दै चितवनको भरपुरस्थित सपिङमल सिजी ल्यान्डमार्कका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने जानकारी दिएको हो।

नेपालका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो। सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो।

उक्त मलव् यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी) का सञ्चालक, सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए । चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका उनले बताए।

मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको बताए।‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो। यस्तोमा भाडा तिर्नु परेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं। व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’

मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट निकै सहज भएको बताएँ।  उनले भने, ‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ। यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुशरण गर्नुपर्छ।व्यवसायी पलायन भएभने त्यसको मार घरधनीलाई पनि पर्छ ।’

मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू