ब्रिटिस आर्मीको परिचय दिएर ‘पैसावाल’ महिलालाई जालमा, पैसा कुम्ल्याएर बेपत्ता

काठमाडौं-  ब्रिटिस आर्मी हुँ भन्दै ‘पैसावाल’ महिलाहरुलाई नजिक बनाउने र पैसा प्राप्त गरेपछि बेपत्ता हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनखानीका ३३ वर्षीय दीपक लामा रहेका छन्।

हाल कोटेश्वरमा बस्ने गरेका दीपकले पछिल्लोपटक धरान निवासी एक महिलासँग सम्बन्ध बढाएर सुनको सिक्री र सुनको औँठीसहित पाँच लाख रुपैयाँ लिएर बेपत्ता भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्