हत्याका अभियुक्त १४ वर्षपछि पक्राउ

झापा– इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले २०६३ सालमा भएको हत्याका एक अभियुक्तलाई पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका५ का बौदल लामगादे भनिने पुण्यप्रसाद विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका विकले झापाकै टाँगनडुब्बाका नत्थु विश्वकर्माको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।

रक्सीको नशाले मातेका बौदलले कुटपिट गर्दा नत्थु विकको उपचारको क्रममा विराट नर्सिङ होममा २०६३ चैत २५ गते मृत्यु भएको थियो।

प्रहरीले बौदललाई मेचीनगर नगरपालिका८ स्थित इँटाभट्टा चौकबाट पक्राउ गरेको हो।

उनलाई झापा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी हाल अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्