स्वास्थ्य मन्त्रालयले किन घटायो कोरोना परीक्षण ?

काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर कम भएकाले परीक्षण घटाएको जनाएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने क्षमता रहेकाले आवश्यक परेमा १० हजारकै परीक्षण गरिने जानकारी दिए।

उनले विदेशबाट आउनेहरुको संख्या घटेको, क्वारेन्टिनहरु रित्तिँदै गएको तथा संक्रमितहरु निको भइरहेकाले परीक्षण घटाएको बताए।

पीसीआर विधिबाट बिहिबार ४ हजार ९८१ जनाको परीक्षण गरिएकोमा १६७ जनामा संक्रमण देखिएको हो।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू