सेनाको नयाँ प्रवक्तामा पौडेल

काठमाडौं-नेपाल आर्मीका सेनामा नयाँ प्रवक्ताका रुपमा सन्तोष बल्लब पौडेलले जिम्मेवारी सम्हालेका छन्।

सहायकरथी पौडेलले बिहिबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेले सुर्खेतस्थित पृतनाको जिम्मेवारी पाएका छन्।

सैनिक मुख्यालयमा बिहिबार आयोजित कार्यक्रमका क्रममा नवनियुक्त प्रवक्ता पौडेलले व्यवसायिक रुपमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्