नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा प्रसाइ नियुक्त

काठमाडौँ-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाइ नियुक्त भएका छन्।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले बिहीबार कार्यवाहक सिइओमा नियुक्त भएका हुन्।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्।यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको काम गरेका छन्।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्