अब अनलाइनबाटै एनआईसीको खातामा पैसा जम्‍मा गर्न सकिने

काठमाडौँ-एनआईसी एशिया बैंकले बैंकको खातामा नगद रकम जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने सुविधा ल्याएको छ।

बैंकले बिहीबार विज्ञप्ती जारी गर्दै घर वा अफिसबाट मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन सुविधा ल्याएको जानकारी दिएको हो।

ग्राहक महानुभावहरूबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनर उक्त भौचर भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिने बैंकले जनाएको छ।

उक्त योजनाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ।

नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ब्द्यद्यक् सुविधा र स्टेटमेन्ट अनुरोध गर्नुका साथै उक्त सेवाहरु अनलाइमार्फत लिँदा शतप्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्