हुम्लामा घरको छतछतमा धुपीको राँको बालेर मनाइँदै साउने संक्रान्ति

सिमकोट– हुम्लामा घरघरको छतमा धुपीको राँको बालेर साउने सक्रान्ति मनाइएको छ।

वर्षभरि घर परिवार र टोल छिमेकमा राम्रो हो्स भन्नका साथै लुतो पनि पखालियो भन्दै परम्परादेखि यसरी साउने संक्रान्ति मनाउने गरिन्छ।

प्रत्येक घरको छतमा कम्तीमा आठदेखि दश वटा धुपीको राँको बालेर साउने संक्रान्ति मनाउन सुरु गरिएको सिमकोट गाउँपालिका वडा नम्बर ७ का स्थानीय बलीराज शाहीले बताए।

यसरी राँको बालेर संक्रान्ति मनाए सबैतिर राम्रो हुने र बर्खायाममा शरिरबाट लुतो पनि पखालिने मान्यता रहेको छ।

साना बालबालिकाहरुले बिहानैबाट वनमा गएर धुपी टिपेर ल्याउने र साँझ त्यसलाई घरको छतमा बालेर फाल्ने चलन भएको हुँदा यसको मान्यता आफ्नै किसिमको रहेको उनले बताए।

वर्षभरि परिवारका कसैको निधन नभएको घरमा मात्रै यसरी धुपीको राँको बाल्ने चलन रहेको छ। त्योसंगै मिठो परिकार बनाएर आफन्त तथा छोरी बहिनीलाई बोलाउने पनि चलन रहेको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्