भगवान् रामको जन्मभूमिबारे प्रधानमन्त्री ओलीको भनाइ चीनको दबाबमा आएको विश्व हिन्दू परिषद्को आरोप

काठमाडौँ– विश्व हिन्दु परिषद्का महामन्त्री मिलिन्द पराण्डेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान्’ राम र आयोध्याको बारेमा गरेको टिप्पणी चीनको दवावमा आएको आरोप लगाएका छन्।

उनले एक भिडियो सन्देशमा नेपाल र भारतका हिन्दु समुदायबीच वाधा ल्याउने षड्यन्त्रका साथ उक्त अभिव्यक्ति आएको बताएका हुन्।

उनले भनेका छन्, ‘नेपालबाट राम र आयोध्याका बारेमा जुन अभिव्यक्ति आएको छ, त्यो चीनको दवावमा आएको हो। कम्युनिष्टद्वारा दुबै मित्रदेशका बिचमा अड्चन ल्याउने यो एउटा सूनियोजित प्रयास हो। भारतका र नेपालका हिन्दु समाजले यसको सशक्त विरोध गर्नुपर्छ।’

उनले नेपाल र भारतबीच प्राचिन धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेकाे भन्दै दुवै देशका हिन्दुहरु उक्त षड्यन्त्रमा नफस्ने बताएका छन्। साथै उनले भारतमा रहेका नेपालीहरु पूर्ण रुपमा सुरक्षित रहेको समेत बताएका छन्।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्