हाम्रो आवाज पनि सुन्नुहोस्- १९

अनलाइन कक्षामा सुन्न नसक्दा केही बुझ्दिनँ

मेरो नाम रितिका श्रेष्ठ हो। म १४ वर्षको भएँ। म काँडाघारी, बिरेन्द्रचोकमा बस्छु। म अहिले ग्रामर स्कूल कोटेश्वरमा पढ्छु। मेरो जन्म विराटनगरमा भएको हो। एक बर्षको हुँदा मलाई निमोनिया भएको कारणले म कान कम सुन्ने भएको रे। म राम्रोसँग नसुन्ने भएकोले बोल्न पनि सक्दिन थिएँ। म ६ बर्षको उमेर सम्म पनि नबोलेको कारणले उपचारको क्रममा मलाई बुवा आमाले काठमाडौँ ल्याउन भएको थियो। मोडेल हस्पिटलमा उपचार गरी हेरिङ एड लगाइदिनु भयो र म सुन्न थालेँ। आवाज सुन्न थालेपछि मलाई रमाइलो लाग्न थाल्यो। स्पिच थेरापी पनि गराउदैँ मेरो पढ्ने क्रम शुरु भयो। तर मलाई स्पिच थेरापी गर्न अल्छी लाग्थ्यो। त्यसैले कक्षा २ सम्म मात्र स्पिच थेरापी लगातार गरेँ। पछि चाहिँ आफैँ बोल्न कोशिश गरेँ।

सुरुसुरुमा पढ्न जाँदा राम्रोसँग बोल्न र सुन्न नसक्दा म पढ्न पनि सकिन। साथीहरुले पनि मेरो नक्कल गरी जिस्काउँदै बोल्थेँ र मलाई रिस उठ्थ्यो। म सरमिसलाई भन्थेँ। बुवाआमाले मेरो सबै समस्या बारेमा स्कुलमा भनी मलाई अगाडि राखेर पढाइदिनु हुन अनुरोध गर्नु भएको थियो। र सरम्यामले पनि यसरी नै पढाउनु हुन्थ्यो। तर पनि मैले अरूहरूले जस्तो पढ्न सकिन र मलाई स्कूल सारी दिनुभयो।

सुरुसुरुमा पढ्न जाँदा राम्रोसँग बोल्न र सुन्न नसक्दा म पढ्न पनि सकिन। साथीहरुले पनि मेरो नक्कल गरी जिस्काउँदै बोल्थेँ र मलाई रिस उठ्थ्यो। म सरमिसलाई भन्थेँ। बुवाआमाले मेरो सबै समस्या बारेमा स्कुलमा भनी मलाई अगाडि राखेर पढाइदिनु हुन अनुरोध गर्नु भएको थियो। र सरम्यामले पनि यसरी नै पढाउनु हुन्थ्यो। तर पनि मैले अरूहरूले जस्तो पढ्न सकिन र मलाई स्कूल सारी दिनुभयो।

एस.ई. आर. सी. स्कूल बालुवाटरमा थियो। स्कूल टाढा भएकोले म स्कूलको गाडीमा जान्थेँ। त्यहाँ पढ्ने साथीहरु कोही आँखा नदेख्ने, कोही कान नसुन्ने सबै खालका साथीहरु थिए। कोही बोलिरहने, कोही बोलेको बिर्सने खालका, साना ठूला सबै एकै जस्तो लाग्थ्यो। सबले उस्तै माया गर्ने र सर म्यामले बेग्ला बेग्लै कोठामा छुट्याएर पढाउनु हुन्थ्यो। त्यहाँ नाचगान, खेलकूद, थेरापी र किचनको सामानहरु प्रयोग गरेर देखाएर प्रयोगात्मक पढाइ हुन्थ्यो र मैले पनि त्यही स्कूलमा ४ बर्ष सम्म पढेँ र फेरि ग्रामर स्कूलमा नै पढ्न सक्छु भन्ने आँटले म ३ कक्षामा भर्ना भएँ। अहिले म ६ कक्षामा पढ्दैछु। अहिले म साथीहरुसँग राम्रोसँग बोल्न पढ्न कोशिस गरिरहेको छु। सबै साथी र सर मिसहरुलाई पनि मेरो बारेमा थाहा भएकोले माया र साथ दिनु भएको छ।

पढाइ पनि राम्रै चलिरहेको थियो। अकस्मात् कोरोना महामारी रोगको डरले स्कूल बन्द भयो। लामो समय बन्द भएकोले फेरि अनलाइन कक्षा सुरु भयो। अब के गर्ने मेरो जस्तो समस्या अरु साथीहरुको छैन। म फेल हुन्छु भन्ने डर लाग्छ। फेरि पनि कोशिश गरिरहेको छु। अब परीक्षा पनि अनलाइन नै हुन्छ रे। मैले घरमा बसेर लेख्नु पर्ने हुन्छ। स्कूलमा नै गएर पढ्दा त सर मिस तथा साथीहरूको विशेष सहयोगले मात्र बुझ्न सक्थेँ। अहिलेको अनलाइन कक्षा बुझ्न अगाडि हुँदा जस्तो सजिलो छैन। सर मिस तथा साथीहरुलाई सोधेर बुझ्न पनि सबैजना दिक्क मान्लान् कि भन्ने पनि लाग्छ। अब हेरुँ समयले कतिको साथ दिन्छ। आशा छ छिट्टो कोरोना शान्ति होस् र म स्कूल गएर बुझेर पढ्न सकूँ। मलाई स्कूल जान, साथीहरुसँग बसेर पढ्न रमाइलो लाग्छ। स्कूल जाने बानी भएर होला घर बस्दा बस्दा दिक्क लाग्छ। कहिँ नगई घर मै बसिरहनु पर्दा, साथीहरुसँग भेट्न र खेल्न नपाउँदा एक्लो महसुस भएको छ।

(लेखिका रितिका श्रेष्ठ कक्षा ८ मा पढ्ने विधार्थी हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

साउन ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्