इन्स्टाग्रामले पनि अब ‘टिकटक’ ल्याउने, ५० भन्दा बढी देशमा परीक्षण गरिँदै

एजेन्सी- संसारभर लोकप्रिय भिडियो राख्‍ने मिल्‍ने सामाजिक सञ्‍जाल टिकटक एप्लिकेसन भारतमा बन्द भएपछि र संसारभरि नै यसको प्रभाव कम हुँदै गएको बेला त्यस्तै प्रकारको तर त्यो भन्दा झन् प्रभावकारी दाबी गरिएको भिडियो हाल्‍न मिल्‍ने एप्लिकेशन इन्स्टाग्रामले ल्याउने भएको छ।

शुक्रबार इन्स्टाग्रामले ‘रिल्स’ नाम घोषणा गर्दै अब आउने यो एप्समा भिडियो फिचर रहने बताएको छ भने उक्त एक्प्लिकेशन अमेरिका र ५० अन्‍य देशमा पनि परीक्षणका लागि पठाइएको छ। उक्त परीक्षण भारतमा पनि सुरु गरिएको छ।

रिल्स भारतमा एक हप्तामै टिकटककै पोजिशनमा आएको छ। भारतले टिकटक प्रतिबन्ध गरेको छ भने ट्रम्प प्रशासनले पनि यसलाई रोक लगाउने चेतावनी दिइरहेको छ।

रिल्सले प्रयोगकर्तालाई कम्तीमा १५ सेकेण्डको भिडियो हाल्‍ने मिल्‍ने फिचर बनाउने दिनेछ ।

इन्स्टाग्राम फेसबुककै समूह रहे पनि यसको इतिहास मिमिक्रीबाट सुरु भएको थियो। सन् २०१६मा यसले नयाँ नयाँ भिडियो मिमिक्रीमार्फत ल्‍याउन थाल्यो। त्यसपछि यो एप्स प्रयोगकर्ताहरुमाझ लोकप्रिय हुँदै गयो। त्‍यसको ८ महिनापछि उसकै जस्तो प्रतिस्पर्धी कम्पनी स्न्यापच्याट आयो। तर सन् २०१८सम्‍ममा आइपुग्दा स्न्यापच्याट भन्दा इन्स्टाग्राम नै बढी चल्‍यो।

तर इन्स्टाग्रामले टिकटकसँग भने प्रतिस्पर्धा गर्न सकेन।

साउन ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्