नारायणी र कोशी नदीमा पानीको सहत खतरा भन्दा माथि र अझै बढ्दो क्रममा

काठमाडौँ – लगातारको वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको मौसमविज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नारायणी र कोशी नदीमा पानीको बहाव खतराको तह भन्दा माथि रहेको छ।

नारायणी नदीमा पानीको सहत मंगलबार बिहान पौने १० बजेको मापन अनुसार ९.८७ मिटर रहेको छ । यहाँ पानीको सतह ८ मिटरपुगेमा खतरा हुन्छ ।

यस्तै कोशी नदीमा हाल पानीको सतह ११.९७ मिटर पुगेको छ । यहाँ पानीको तह ११ मिटर पुगेमा खतरा हुन्छ।

नारायणी र कोशी दुवै नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको हो । दुवै नदीमा जल सतह बढ्दो क्रममा रहेकाले जोखिम थप रहेको महाशाखाले जनाएको छ ।

नारायणी नदीको बाढी पस्दा चितवनको भरतपुर महानगरपालिकाका १६, २६, २७ र २८ नम्बर वडाका विभिन्न गाउँ डुबानमा परेका छन् ।

तिनाउँ, महाकाली, बबई, पश्चिम राप्ती, बागमतीसहितका नदीमा पनि जल सतह बढ्दो क्रममा रहेको छ ।

साउन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्