रेलिगेशन जोनबाट माथि उक्लियो एस्टन भिल्ला

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलमाथि जित निकाल्दै एस्टन भिल्ला रेलिगेशन जोनबाट माथि उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले मिकेल आर्तेताको टिम आर्सनललाई १–० ले पराजित गरेको हो । एस्टन भिल्लाको जिटमा २७ औँ मिनेटमा ट्रेजिगेले गरेको गोल नै निर्णयक बन्यो ।
जितपछि ३७ खेलबाट ३४ अंकसहित १७ औँ स्थानमा उक्लिएको हो । उसले समान अंक भएको वाट्फोर्डलाई पछि पारेको हो । पराजित भएको आर्सनल ३७ खेलबाट ५३ अंकसहित १० औँ स्थानमा रहेको छ ।