काठमाडौँ– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन झण्डै चार महिनापछि खुलेसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्वाध रुपमा चलेका छन् । मंगलबार मध्यरातदेखि लकडाउन खुलेको हो ।

लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । बुधबार काठमाडौँ उपत्यका सवारी चाप अत्याधिक देखिएको छ ।

काठमाडौँमा पुनः जाम सुरु भएको छ । निजी तथा सार्वजनिक सवारी साधानको चापले काठमाडौँका सडक लकडाउन पूर्वको जस्तै देखिएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि बुधबारदेखि सामान्य अवस्थामा जस्तै ट्राफिक प्रहरी खटिन थालेका छन् । यस्तै लेन अनुशासन र मापसे जाँच पनि सुरु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले त्रिपुरेश्वर टेकू, रत्नकर्पाक, न्यूरोड, शहीद गेटसहितका क्षेत्रमा देखिएको सवारी चापलाई केही तस्बिरमा समेटेकी छन् ।