मान्छे, पहिचानको भुमरी, द्वन्द्व र समाधान  

मान्छेको स्वभाव  

अन्तर्राष्ट्रिय द्वन्द व्यवस्थापनको बिद्यार्थीकालमा हामीलाई द्वन्द्वका कारणहरु शक्ति, स्रोत, धर्म, वर्ग, पहिचान आदि इत्यादि भनेर पढाइन्थ्यो जब गहन अध्ययन गर्दै गएँ, ती सबैलाई द्वन्द्वका कारण बनाउने मान्छे नै पो रहेछ भन्ने बुझाइ भयो मान्छेको नियतले नै शक्तिको दुरुपयोग हुन्छ,स्रोत कम या भनेजति जे भए पनि लोभी मान्छे नै हुँदो रहेछ, कर्म गर्न नसकेपछि जात धर्मको सहाराले आफूलाई उच्च वर्ग भनेर अरु माथि दमन गर्ने पनि मान्छेको निकम्मा सोच नै हो रहेछ त्यसैले आफूले पढाउँदा पहिलो कक्षामै भन्ने गर्छु, ‘द्वन्द्वको कारण मान्छे आफैँ हो।’

अन्तराष्ट्रिय द्वन्द्व व्यवस्थापनको इनहेरेन्सि थेओरी अर्थात स्वभाविक सिद्धान्तले पनि यस्तै भन्छमान्छे आफ्नो अस्तित्वमा केन्द्रित हुदाँ स्वभाविक रुपमा शक्तिको पछाडि दौडिन्छ त्यसैले विभिन्न द्वन्द्व निम्त्याउँछ

हो, हामी मान्छे प्राकृतिक रुपमा यस्तै बनेका छौं तर मान्छेको यो प्राकृतिक स्वभावलाई सदियौं देखि विकसित हुँदै आएको  सामाजिक रुपान्तरण शासन प्रणालीले धेरै नियन्त्रण गरेको सर्भाइभल अफ फिट्टेस्टनियम भएको प्रकृतिमा बस्ने स्वतन्त्र मान्छेले आफू आफ्नाको  सुरक्षार्थ कालान्तरमा आफूलाई कुनै समुदाय हुँदै पछि सीमांकन भई बन्न गएका राष्ट्रहरुसँग पहिचान गराई त्यसको भुभाग अनि कानूनको परिधिभित्र रहेर शान्ति सहिष्णुतापूर्ण वातावरणमा बाँच्न आफ्नो प्राकृतिक स्वतन्त्रतालाई त्यागेको हो आफ्नो अस्तित्वसँग जोडिएको हुनाले नै  मान्छेलाई आफ्नो पहिचान एकदमै महत्वपुर्ण हुन्छ मान्छे सामान्य या अफ्ठ्यारो कुनै पनि अवस्थामा आफूलाई आफ्नो देश,धर्म,जात वा समुदाय आदिसँग पहिचान गराउन कहिल्यै पछि पर्दैनन् जब कुनै समुदायले आफ्नो अस्तित्वमा कुनैपनि किसिमको खतरा महसुस गर्छ, त्यहाँ पहिचानलेआफ्ना अरु” (अस भर्सेस देम) को उग्र रुप लिन पुग्दछ।  यसैले गर्दा मान्छे भित्र दबिएको इनहेरेन्ट स्वभाव बेलाबेलामा सतहमा आउने गर्छ ,अनि त्यसैको फलस्वरुप अनेक द्वन्द उत्पन्न हुन पुग्दछन्

के मान्छे पहिचानको भुमरीबाट निस्कनै नसक्ने  हो त? अवश्य पनि होइन।  हामीले प्रयास गरे पहिचानबाट सिर्जना हुने द्वन्द्वहरुलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। यसको लागि मान्छे आत्मनिर्भर हुन अत्यन्तै जरुरी हुन्छ। 

समस्या  

अब यो पहिचानको द्वन्दलाई इन्ट्राइस्टेट कन्फ्लिक्ट अथवा आन्तरिक द्वन्द्वको सन्दर्भमा हेरौं कानूनी राज्य बलियो भएको ठाउँमा मान्छेको पहिचान बाट उत्पन्न हुने सम्भावित द्वन्द्वहरु कम हुन्छन् कुनै मान्छे या कुनै समुदाय कानूनसँग डराएर पनि अराजक गतिविधि गरिहाल्न सक्दैनन् गरि हाल्दा कानूनी कारबाही हुन्छ,जसले भविष्यमा  हुन सक्ने यस्ता सम्भावित घटनाहरुलाई न्युनिकरण गर्दछ कानून बलियो हुँदा मात्रै मान्छेको  इनहेरेन्ट स्वभावमा नियन्त्रण सम्भव   जहाँ कानून फितलो हुन्छ त्यहाँ अनियन्त्रित संख्यामा पहिचान बाट  सिर्जित घटनाहरु हावी हुने गर्दछन् हाम्रो देशमा विगतमा हुँदै आएका हालसालै भएका  रुकुम हत्याकाण्ड रुपन्देही बलात्कार काण्ड तिनकै उदाहरण हुन् हाम्रो कानून बलियो छैन, या भनौ कागजमा भएको कानून व्यवहारमा कार्यान्वयन गरिदैन एउटा वडा अध्यक्ष आफै सम्पूर्ण गाउँले बोकेर मान्छे मार्न हिँड्छ, अर्को त्यस्तै नेता भनाउँदो बलात्कृत नावालिकालाई बलात्कारीसँग जबर्जस्ती बिहे गराई उसको मृत्यु निम्त्याउने काम गर्छ आम मान्छे बाट यस्ता अपराध हुनु नौलौ कुरो होइन, तर समस्या तब हुन्छ जब नेतृत्व तह बाटै त्यस्ता अपराधीक क्रियाकलाप हुन्छन् वा त्यस्ता क्रियाकलापलाई काँध थाप्ने काम गरिन्छ अझ डरलाग्दो  पहिचानलाई हतियार बनाई राज्यसत्तामा पुग्ने लालच भएका व्यक्ति हुन्छन्। उदाहरणका लागी अमेरिकी राष्ट्रपति ट्रम्प श्वेतअमेरीकी भावनाको फाईदा उठाई मेक्सिकोका आप्रवासिलाई रोक्न पर्खाल लगाउने, मुस्लिम समुदायलाई परिचय पत्र बाँड्ने जस्ता नारा लगाएर उनले चुनाव जिते उनको कार्यकालको सुरुवातदेखि नै अमेरिकी प्रशासन उनका समर्थकहरुमा श्वेतसमर्थक दमनकारी भावना व्यवहार छर्लङ्गै देखियो संसारकै नमुना बलियो मनिएको लोकतान्त्रिक व्यवस्थालाई खल्वल्याउन एउटा ट्रम्प नै काफि भए अब विचार गरौं, हाम्रो नेपालमा हजारौ यस्ता ट्रम्प हावी छन् हामी कहाँ हरेक तहको नेत्रित्वमा यस्ता मान्छे छन् जसको आडमा तिनका समर्थक कुनै पनि अराजक काम गर्न डराउदैनन्, यहाँ  आफ्नो अनुकुल नहुने बित्तिकै अरुलाई कहिले भारतवादी, कहिले चीनवादी, कहिले डलरवादी भनी लेबल लगाइदिएर आफूलाई राष्ट्रवादीमा पहिचान गराउने कुसंस्कृतिको विकास भएको जब राज्यको कानून नै धरासायी भएर राज्यको एउटा ठुलो जनसंख्या अराजक संस्कृतिमा फस्टाउन थाल्छ, राज्यलाई त्यो भन्दा ठूलो खतरा अरु केही हुन सक्दैन, नवराज साथीहरु भेरीमा बग्छन् अनि अंगिरा पासिलाई बलात्कार पछि झुन्ड्याए मारिन्छ 

समाधान

के मान्छे पहिचानको भुमरीबाट निस्कनै नसक्ने  हो ? अवश्य पनि होइन।  हामीले प्रयास गरे पहिचानबाट सिर्जना हुने द्वन्द्वहरुलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। यसको लागि मान्छे आत्मनिर्भर हुन अत्यन्तै जरुरी हुन्छ।  आफै मेहनत गरेर जीविकोपार्जन गर्ने आत्मनिर्भर मान्छेलाई पहिचानको गलत सहारा अवश्यक  पर्दैन कसैलाई हेपेर, दबाएरवा कसैको खोसेर खानुपर्ने/ बाँच्नुपर्ने अवस्था हुँदैन। आत्मनिर्भर हुन मान्छेले आफ्नो मानवपूँजी अर्थात ह्युमन क्यापिटल  सामाजिक पूँजी अर्थात सोसिअल क्यापिटलको  विकासमा ध्यान दिनुपर्दछ। मानव पूंजी अन्तर्गत व्यक्तिको  शिक्षा, स्वास्थ्यतालिम आदि पर्दछन् भने सामाजिक पूंजी अन्तर्गत व्यक्तिगत विकासलाई  अझ टेवा पुर्याउने सान्दर्भिक सामाजिक/व्यवसायिक संजालहरु (नेटवर्क) पर्दछन्। मानव पूंजी समाजिक पूँजी एकअर्का बिना अधुरै  हुन्छन्।  जोन अफ  प्रोक्सिमल डेवलप्मेंटको सिद्धान्तले भनेझैँ कुनै पनि मान्छे मानव पुँजीको मध्यम बाट एउटा निश्चित स्थानमा पुग्न सक्छ तत्पश्चात उसको क्षमतामा विकास गर्न उक्त स्थानभन्दा अझ माथि  पुर्याउन उसको  सामाजिक पुँजीको महत्त्वपूर्ण भूमिका रहन्छ। कुनै पनि व्यक्ति आत्मनिर्भर भएको परिस्थितिमा उसलाई जन्मजात प्राप्त भएको पहिचान जस्तै जात धर्म उसको संस्कृतिक पुँजी (कल्चरल क्यापिटलहुन पुग्दछन्  भने उसले जीवनकालमा आर्जन गरेको पहिचान जस्तै शैक्षिक  सम्बन्धनखेलकुद क्लब, आदि उसको  थप सामाजिक पुँजी  हुन पुग्दछन्।  तर आत्मनिर्भरताको यो कठिन दौडमा व्यक्तिको प्रयास मात्र पर्याप्त हुँदैन।  राज्यले पनि उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। आफ्ना जनतालाई आत्मनिर्भर बनाउन  राज्यले शिक्षास्वास्थ्यकृषिउद्योगखेलकुदविज्ञान प्रविधि  आदि विभिन्न ठाउँहरुमा पर्याप्त लगानी गरि अवसरहरु सिर्जना गर्नुपर्ने हुन्छ त्यसका साथसाथै जनतालाई  कानूनी राज्यको प्रत्याभूति दिलाउन पर्ने हुन्छ। राज्य जनता दुवैको  प्रयासले  नै पहिचानको राजनीतिको   कुसंस्कृतिलाई  मेटाइ  जनमानसमा आपसी मेलमिलाप, सद्भाव, शान्ति कायम गर्न सकिन्छ।  

 

साउन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्